logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

दक्षिण कोरियाली राजदूतले गरे प्रधानमन्त्रीसँग शिष्टाचार भेट


अंकुरण खबर
1.001K
Shares

नेपालस्थित दक्षिण कोरियाली राजदूत पार्क चोङ्‍ग सकले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शिष्टाचार भेट गरेका छन्।

आज बिहान राजदूत सकले प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउने तथा आपसी हितको सम्बन्धमा छलफल गरेका थिए।