logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ग्यास बुलेटले ठक्कर दिँदा चितवनमा दुई जनाको मृत्यु


अंकुरण खबर
1.157K
Shares

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–६ हर्दी भन्ने स्थानमा ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई गए राती भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिएको हो । ठक्करबाट ३० वर्षका नवराज दनै र २२ वर्षका सचिन दनैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि स्थानीयवासीले सडक अवरुद्ध पारेका थिए । राति साढे ११ बजे प्रहरीले बाटो खुलाएको थियो । सडक खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो ।