logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ घाइते


अंकुरण खबर
715
Shares

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्।

बैतडीको झुलाघाटबाट सदमुकाम गोठालापानी जाँदै गरेको ना १ ज २१९६ को जिप आज दिउँसो दुर्घटना हुँदा जीपमा सवार पाँच जनाको  घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा दशरथचन्द नगरपालिका-७ का पार्वती चन्द तथा अर्की यात्रु पार्वती चन्द, भगीरथ पाण्डे, कृष्ण लावड र कलावती चन्द रहेका छन्।

घाइते ४ जनालाई उद्धार गरि उपचारको लागि अस्पताल पठाइएको छ । दुर्घटनाको कारण यकिन हुन सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।