काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार गरिएको परीक्षणमा काठमाडौंमा ६९२ जना, भक्तपुरमा ६५ जना र ललितपुरमा १९० जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, मंगलबार नेपालमा थप १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।