logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइसिसी एसोसिएट प्लेयर अफ दी डिकेडको मनोनयनमा नेपालका पारस खड्का


अंकुरण खबर
2.314K
Shares

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले तयार पार्ने एसोसिएट राष्ट्रका यो दशकका उत्कृष्ट पुरुष खेलाडीको सूचीमा नेपालका पारस खड्का पनि परेका छन् ।

आईसीसीले मंगलबार सार्वजनिक गरेको यो दशकका उत्कृष्ट ६ जना खेलाडीको सूचीमा नेपालका पूर्व कप्तान पारस खड्का पनि परेका हुन् ।

उनीसँगै यो सूचीमा स्कटल्यान्डका ३, नेदरल्यान्ड र पपुवा न्युगिनीका एक–एक खेलाडी परेका छन् । मनोनयनमा  स्कटल्यान्डका काइले कोइटजर, कुलम म्याक्लोइड र रिचेइ बेरिङ्टन छन् भने पपुवा न्युगिनीका असद भाला र नेदरल्यान्डका पिटर बोरेन पनि परेका छन् ।

सन् २००४ मा मलेसिया विरुद्धको खेलबाट नेपालका लिग डेब्यु गरेका पारसको कप्तानीमा नेपालले सन् २०१४ को टि–२० विश्वकप खेल्नुका साथै सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो।

३३ वर्षीय पारसले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सतक र एक अर्धसतक तथा टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक सतक र तीन अर्धसतक बनाएका छन्।