बाँकेको कोहलपुर मेडिकल कलेजमा कोरोना संक्रमित दाङकी ७७ वर्षीया महिलाको मृत्यु भएको छ ।
बृद्धाको मंगलबार राति सवा १२ बजे मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, स्वास्थ्यमा समस्या आएपछि मंसिर ५ गते कोहलपुर मेडिकल कलेजमा उपचार गर्न ल्याइएकी उनमा ६ गते कोरोना पुष्टि भएको थियो ।
योसँगै बाँकेमा बाहिरी जिल्लाका ४९ जनाको मृत्यु भइसकेको छ ।
यस्तै, बुधबार बाँकेमा २३ जना डिस्चार्ज भएका छन् । ६ वर्षीया बालिकाले पनि कोरोना जितेकी छन् । कात्तिक ३० गते कोरोना पुष्टि भएपछि बालिकालाई होम आइसोलेशनमा राखिएको थियो ।
बुधबार डिस्चार्ज भएका २३ जनामा १६ जना पुरुष र ७ जना महिला रहेका छन् । जिल्लामा अहिलेसम्म तीन हजार ५ सय ८१ जना डिस्चार्ज भएका छन् । एक सय ५४ जना आइसोलेशनमा छन् ।