logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


अंकुरण खबर
1.092K
Shares

मंगलबार एकैदिन तोलामा १८ सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ ।

आज (बुधबार) छापावाल सुन तोलामा एक हजार रुपैयाँले घटेसँगै ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कोरोना भाइरस ‘कोभिड-१९’ विरुद्धको खोप बनिरहेको खबर सार्वजनिक भएपछि सुनको मूल्य घटेको महासंघले जनाएको छ ।