logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्री, मुख्यमन्त्रीसहित अहिलेसम्म ३० भीआईभीलाई कोरोना


अंकुरण खबर
663
Shares

संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्रीसहित अहिलेसम्म ३० जना भीआईपीलाई कोरोना भाइरसको संक्रमण भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पाँच जना संघीय सरकारका मन्त्रीलाई कोरोना भएको छ। त्यस्तै, एक प्रदेश प्रमुख र दुई जना प्रदेशका मुख्यमन्त्रीले पनि कोरोनाको संक्रमण भएको छ।

त्यस्तै, प्रदेशका मन्त्री, संघीय सांसद, प्रदेश सांसद पनि कोरोनाबाट संक्रमित भएका छन्। प्रायः सबैजसो उच्च पदाधिकारीहरु कोरोनाबाट निको भइसकेका छन्।

संवैधानिक अङ्गका पदाधिकारी मात्र होइन, नेपाल सरकारका मुख्यसचिव समेतले कोभिड–१९ को सङ्क्रमण ब्यहोरिसकेका छन्। नेपाली सेनामा उपरथि र प्रहरीमा प्रहरी नायब महानिरीक्षकसम्म कोरोना संक्रमण भएको छ।

संक्रमितमध्ये ८० प्रतिशतभन्दा बढीलाई रोगको लक्षण नदेखिने चिकित्सको भनाइ छ। संक्रमितमध्ये १५ प्रतिशतमा केही कडा लक्षण देखिने गरेको छ भने पाँच प्रतिशतले आइसीयू तथा भेन्टिलेटर प्रयोग गर्नपर्ने हुनसक्ने अनुमान गरिएको छ।

कोभिड–१९ का बिरामीलाई अस्पतालको शय्यामा राख्नु परेमा प्रतिव्यक्ति १५ हजार, सघन उपचार कक्ष (आइसीयू)मा भर्ना गर्नुपरेमा सात हजार तथा आइसीयूमा भेन्टिलेटरसहितको सेवा दिन परेमा प्रतिदिन प्रतिव्यक्ति १५ हजारका दरले उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको छ।

तुलनात्मकरूपमा गर्मीको तुलनामा चिसो मौसममा कोभिड–१९ को सङ्क्रमण बढ्छ भन्ने केहीमा मनोविज्ञान रहे पनि त्यो सही नभएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको भनाइ छ।

अहिले देखिरहेको प्रभावका आधारमा आगामी चार महिनामा बढीमा एक लाख ४५ हजार व्यक्ति थप सङ्क्रमण हुनसक्छन् भन्ने अनुमान गरी सुझबुझका साथ तयारीलाई व्यवस्थित गरिएको मन्त्रालयले जनाएको छ। रासस