वीरगञ्जबाट ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका–११ दुर्गा टोलका ४९ वर्षीय जितेन्द्रप्रसाद सिंह पेस्तोलसहित पक्राउ परेका हुन् ।
सिंहले आफ्नो घरमा अवैध रुपमा हातहतियार लुकाई राखेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले ४ राउण्ड गोलीसहित सिंह पक्राउ परेको हो ।
सिंहको घर खानतलासी गर्दा स्टिलको दराजको सेफ बक्सभित्र ७.५६ एमएमको ४ राउण्ड गोली लोड भएको म्यागजिनसहित पेस्तोल बरामद भएको हो ।
पेस्तोलसँगै मानिसलाई बेहोस पार्ने एक औषधिसमेत फेला परेको प्रहरीले जनाएको छ ।