logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सप्तरीका एक संक्रमित पुरुषको धरानमा मृत्यु


अंकुरण खबर
819
Shares

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार सप्तरीको राजविराज-४ का ५० वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति सवा १२ बजे मृत्यु भएको हो ।

मृगौला सम्बन्धी रोगबाट पीडित उनमा मंसिर १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई कोभिड-१९ अस्पतालमा भर्ना गरिएको थियो ।

यससँगै प्रतिष्ठानमा हालसम्म १ सय १२ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा हाल २९ जना संक्रमित उपचाररत छन् ।