logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पौडेललाई कालोझण्डा देखाएकोमा नेकपा रुपन्देहीको आपत्ति


अंकुरण खबर
975
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई कांग्रेसले कालोझण्डा देखाएको भन्दै नेकपा रुपन्देहीले आपत्ति जनाएको छ ।

नेकपा रुपन्देहीले बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्री पौडेललाई कालोझण्डा देखाएकोमा आपत्ति जनाएको हो ।

बुधबार पौडेललाई नेपाली कांग्रेस रुपन्देहीले कालोझन्डा देखाएर विरोध गरेको थियो ।

नेकपा रुपन्देहीका प्रवक्ता मोहन चापागाईंद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउने अधिकार प्राप्ति र संरक्षणको लडाइँ सँगसँंगै लडेको स्मरण गराउँदै जिल्लाका विकास आयोजनाहरूको उदघाटन, शिलान्यास र अनुगमनको सिलसिलामा रहेका अर्थमन्त्रीको विरोध गरेर कांग्रसले आफूलाई यी सबै विकास प्रयासहरूको विपक्षमा खडा गर्न चाहेको त होइन ? भनेर गम्भीर प्रश्न खडा भएको उल्लेख गरेको छ ।

यस सन्दर्भमा नेपाली कांग्रेसलाई आफ्नो धारणा स्पष्ट गर्न नेकपा रुपन्देहीले आग्रह गरेको छ ।