logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

समृद्ध नेपाल, सुखी नेपाली बनाउन प्रदेश सरकार मेरुदण्ड सावित हुनेछ : प्रकाश श्रेष्ठ


अंकुरण खबर
5.564K
Shares

तिव्रतर विकास र संवृद्धिको लागि भन्दै मुलुकमा संघीयता लागु गरियो । संघ,प्रदेश र स्थानीय तह निर्माण भए । तर जनभावना अनुसार अपेक्षाकृत विकास हुन भने सकेन । संघ र स्थानीय भए पछि प्रदेश तहको काम छैन् भन्ने जमात पनि धेरै छ । देशमा बिकास र संवृद्धि स्थापनाका लागि प्रदेशको भूमिका के कस्तो छ ? जनताले भनेजस्तो प्रदेश सरकार र सांसद्ले किन काम गर्न सिकेका छैन्न ? प्रदेश सरकारलाई संघ र स्थानीय तहको सहयोग कस्तो छ ? लगाएतका विषयमा वाग्मती प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठसंग अंकुरण खबरको टीमले गरेको कुराकानीमा आधारित अंश…

प्रदेश सरकारले के कस्तो काम गरिरहेको छ ?

प्रदेश सरकार हाम्रो लागि नयाँ मोडल हो । पहिलो पटक प्रयोगमा ल्याएकाले पनि प्रदेश सरकारको नीति निर्माणदेखि काम, कर्तव्य, अधिकार लगायतका क्षेत्रमा हामी अनुभव बटुल्दै छौं । हाम्रो यो ३ वर्षको अनुभवमा अहिले प्रदेश सरकारले नीति निर्माण लगाएतका काम धेरै गरिसक्यौ । अब भने परिणाममै काम देखिने बेला आएको छ ।

प्रदेश राज्यलाई आर्थिक भार हो ? संघ र स्थानीय तह भए पुग्छ भन्ने धेरैको धारणा छ नी ?

यो नितान्त गलत कुरा हो । संघीयता विकासको अपरिहार्य ठानेरनै देश संघीय मोडलमा गएको हो । प्रदेश पनि संघीय मोडेलको एक अंश हो । संवृद्ध नेपाल खुसी नेपालीको लक्ष्य साकार पार्न प्रदेशको महत्व धेरै छ ।

देश निर्माणमा प्रदेशको भूमिका अतिनै महत्वपूर्ण छ । तपाइले भनेजस्तै यो बीचमा प्रदेश सरकारले जनभावना अनुसार काम गर्न नसकेको भने पक्कै हो । किनकी नयाँ मोडल भएकाले पनि केही बुझन,नीति निर्माण गर्नै हामीलाई अलि बढी समय लाग्यो । संघ र स्थानीय तहसंग समन्वय गर्नु पर्ने भएकाले पनि उनीहरुको पनि नीति निर्माण बनिनसकेकाले त्यसको ढिलाई हामीमा पनि पर्यो । यसले गर्दा जनतासंग प्रत्यक्ष जोडिने काममा भने केही कमी भएको हो । यद्यपी यसबीचमा पनि प्रदेश सरकारले  काम नगरेकोे भने हैन् ।

बाग्मती प्रदेशकै कुरा गर्नुहुन्छ भने पनि हामीले यँहाका स्वास्थ,शिक्षा,खानेपानी,यातयात,सञ्चार लगाएतका आवश्यक कुरा अधिकत्तम जनतामा माझ पु¥याएका छौं । बाकी ठाँउमा पनि काम भैरहेको छ । प्राकृतिक विपति बाढी पहिरो होस् या अहिले विश्वमानै महामारीको रुप लिएको कोरोना भाइरसले प्रदेशबासीलाई परेको असरमा सहयोग गर्न हरसमय लागि परेका छौ ।

प्रदेश सरकार सञ्चालनमा संघ र स्थानीय तहबाट आवश्यक सहयोग पाइएन भन्ने कत्तिपय प्रदेश सरकार सञ्चालक र सांसद्हरुको गुनासो सुनिन्छनी ?

त्यो आ–आफ्नो अनुभव हो । हाम्रो वाग्मती प्रदेशमा भने छिटफुट बाहेक त्यस्तो असहयोग भन्ने छैन् । कत्तिपय कानुनी कुरा, क्षेत्राधिकारका कुरामा चाहाँँदा चाहाँदै पनि एकले अर्कोलाई सहयोग गर्न नमिल्न सक्छ । यस्ता कुरामा आवश्यक परामर्श गरेर समस्याको समधान गर्दै आएका छौं ।

प्रदेश सरकारले सांसद्का कुरा कत्तिको सुन्छ ?

सरकार हाम्रै प्रतिनीधि हो । हामीले जनताकोबीचमा पुगी त्यहा विद्यमान समस्या,त्यस्ता समस्या समधानको लागि आफुले गर्ने र सरकारले गर्ने  काम मिलाई समस्या समधान गर्ने गरेका छौ । नियम अनुसार जनताको सहजताका लागि सांसद्ले मागेका कुरामा सरकारले असहयोग गर्ने भन्ने हुँदैन् ।

तपाई निर्वाचित भएपछि आफ्नो क्षेत्रमा के– कस्ता काम गर्नु भयो ?

मेरो प्रमुख कार्य भनेको कसरी हुन्छ जनताको आवश्यक्तालाई परिपूर्ति गर्नु हो । राजनीति बनेको समाजसेवा हो । म निर्वाचित नहुँदा पनि जनताकै काममा थिए । सांसद भए पछि अझ कर्तव्यबोध बढी भएको छ । हर समय जनताकै काममा छु । मेरो क्षेत्रमा स्वस्थ पानी, बाटोघाटो निर्माण, गुणस्तरीय शिक्षा, आवश्यक्ता अनुसार सबै क्षेत्रका व्यक्ति लक्षित कार्यक्रम ल्याएको छु । कत्तिपय विकासका काम ल्याउन पहल गरिरहेको छु ।

संभव भएसम्म जनताका स– साना काममा पनि समामेल हुने गरेको छु । यसो गर्दा कत्तिपय भन्छन् । सांसद् जस्तो मानिस नीति निर्माण बनाउन केन्द्रित हुनुपर्नेमा किन खाली जनताकोमा डुलेको । तर आफ्नो भूमिका निर्वाह गर्दै यस्ता कुरामा सामेल हुँदा जनतामा धेरै खुसी पाउछु । यस्ता कुराले नेता र जनताबीच संबन्ध सुमधुर बनाउन सहयोग पु¥याउँछ ।

तपाई नेकपाबाट प्रतिनिधित्व गरेको सांसद्, नेकपाको बहुमत हुँदा पनि किन काम गर्न नसकेको होला ?

पक्कै पनि बहुमतको सरकार भएको बेला जनताको सरकारसंग अपेक्षा धेरै हुन्छ । यसको अर्थ सरकारले केही कामनै गरेन भन्ने चै हैन् । जुन रुपमा गर्नुपर्ने थियो, त्यो भएन भन्ने चै हो । बागमती प्रदेश सरकारकै कुरा गर्नु हुन्छ भने हामीले तुलानात्मक रुपमा राम्रै काम गरेका छौं । हामीले आ–आफ्नो क्षेत्रमा रहेका हर अभाव,आवश्यक्ता पहिलाई र यस्ता आवश्यक्तालाई दीर्घकालिन रुपमा परिपुर्ती गर्न नीति निर्माण गर्नेदेखि लिएर सरकारलाई यस्ता क्षेत्रमा चासो दिन आवश्यक पहल गछौं ।

पार्टी नेतृत्वको विवादले तपाईहरुलाई कस्तो असर परेको छ ?

धेरै असर गरेको छ । हामी पार्टी नेता कार्यकर्तालाई मात्र नभएर सबैलाई असर गरेको छ । नेतृत्व पार्टीलाई मजबुद पार्दै देश विकासमा लाग्नु भन्दा पद शक्तिको लागि मरिहत्ते गर्ने प्रवृतिले जनतामा धेरै निरासा आएको छ । पार्टी प्रति जनताको विश्वास घट्दो छ । यसको असर आर्थिक,कुटनीतिक,सामाजिक,सांस्कृतिक हरेक क्षेत्रमा परेको छ । हामी सानैदेखि राजनीतिमा होमिएका व्यक्तिलाई यसको असर अझ बढी छ । नेतृत्वको कलहले जनतामा जान समेत असहज भैरहेको छ । यसमा नेतृत्वले बेलैमा सोचोस् ।

कम्युनिष्ट पार्टीमा वैचारिक बहस, असहमति हुनु स्वभाविक हो । तर अहिलेको जस्तो अस्वस्थ प्रतिस्पर्धाले चै कसैलाई पनि राम्रो गर्दैन् । फुटमा भन्दा जुटमानै शक्ति छ । अब युवा पुस्ता नेतृत्वका कमी कमजोरीलाई निस्पक्ष खबरदारी गरि आवश्यक परे नेतृत्व समाल्न पनि तयार हुनु पर्छ भन्ने मेरो मत हो ।