बर्दियामा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-९ माछागढ बस्ने ४४ वर्षीय पुरुषलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो ।
ती पुरुषले ४१ वर्षीया श्रीमतीलाई कुटपिट समेत गरी जबरजस्ती करणी गरेपछि ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।