logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि, ३१४० जना डिस्चार्ज


अंकुरण खबर
871
Shares

नेपालमा थप १९४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारमात्रै ३१४० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै २ लाख ७ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १३८९ पुगेको छ ।