logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा थप ३ हजार १ सय ४० जना कोरोना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
767
Shares

पछिल्लो २४ घन्टामा थप ३ हजार १ सय ४० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ ।

यो सँगै नेपालमा २ लाख ७ हजार ९ सय ९८ जना संक्रमित  उपचारपछि निको भएका छन् । मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ९२ प्रतिशत हो ।

आज ९ हजार २ सय १० जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १६ लाख ९० हजार ५ सय ९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ सय ६९ जना क्वारेन्टाइनमा छन् ।  नेपालमा १६ हजार ६ सय ३९जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ ।