काठमाडौं उपत्यकामा थप ८३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार गरिएको परीक्षणमा काठमाडौंमा ६३५ जना, भक्तपुरमा ८७ जना र ललितपुरमा ११३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, बुधबार नेपालमा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।