कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १३८९ पुगेको छ।
यस्तै, बुधबार नेपालमा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।