logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं आउँदै गरेको जिप त्रिशूली नदीमा खस्यो, आमाछोरीसहित ३ जना बेपत्ता


अंकुरण खबर
1.95K
Shares

प्युठानबाट काठमाडौं आउँदै गरेको जिप त्रिशूली नदीमा खस्दा आमाछोरीसहित ३ जना बेपत्ता भएका छन् ।

लु १ च ९७३१ नम्बरको जिप बिहीबार बिहान मुग्लिनभन्दा करिब २ किलोमिटर वर त्रिशूलीमा खसेको हो ।

गाडीका चालक सूर्य केसी, यात्रु  प्युठानको झिम्रुक गाउँपालिका–५ खहरेकी जमुना रोका र उनकी १५ वर्षीया छोरी नदीमा बेपत्ता भएको जमुनाका भाइ शरद रोकाले जानकारी दिएका छन् । उनका अनुसार जमुनाका श्रीमान मुकुन्दराज रोका भने नदीबाट पौडी खेलेर बाँच्न सफल भएका छन् ।

घाइते उनको अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । गोताखोरसहितको प्रहरी टोली परिचालन गरी बेपत्ताको खोजी भइरहेको छ । तर जिप फेला परिसकेको छैन ।

मुकुन्दराज रोका राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन् । छोरीको उपचारका लागि रोका दम्पत्ती बुधबार राति काठमाडौं आउँदै थिए । पत्थरीको अप्रेसन गरेकी १५ वर्षीया बालिकामा इन्फेक्सन भएपछि थप उपचारका लागि उनीहरु काठमाडौं आउँदै थिए ।