भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् ।
यही वर्ष भारतीय विदेश सचिवको जिम्मेवारी सम्हालेका श्रींगलाको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा श्रींगलाले नेपाली समकक्षी भरतराज पौडेलसँग औपचारिक वार्ता गर्नेछन् भने अन्य महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्ने जनाइएको छ ।
नेपाल र भारतका बीचमा भूमि विवादबारे उच्चस्तरीय तहमा वार्ता गर्न खोजेको लामो समयपछि विदेशसचिव आउन लागेका हुन् । लिपुलेक र कालापानी क्षेत्रमा विवाद चुलिएपछि काठमाडौं आउन लागेका उनी पहिलो भारतीय उच्च कूटनीतिज्ञ हुन् ।
भारतले उनको भ्रमणलाई उच्चस्तरीय भ्रमणको परम्पराको निरन्तरता भनेको छ । विदेश सचिव श्रींगला १२ गते नयाँ दिल्ली फर्कनेछन् ।