प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कसैलाई पनि एक्लो र असहाय नछाड्ने बताएका छन् ।
सामाजिक सुरक्षा दिवस-२०७७ को अवसरमा प्रम ओलीले विहीबार जारी गरेको एक शुभकामना सन्देशमा भनेका छन्, ‘यस सरकारले कसैलाई पनि एक्लो र असहाय छाड्दैन ।’
अनाथ वा सहाराविहीन भएँ भन्नु नपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार साथमा रहेको बताएका हुन्। प्रधानमन्त्री ओलीले अनाथ वा सहाराविहीन हुनु दु:खको कुरा हुने पनि बताए।
‘कसैले अनाथ भएँ भन्नु पर्दैन। अनाथ हुनु दुस्खको कुरा हो,’ उनले भने, ‘अनाथ भएँ भनेर, रेखदेख गर्ने कोही छैन भन्नुपर्ने अवस्था छैन। सहारा छैन भन्नुपर्दैन। सरकार छ। राज्य छ।’
प्रधानमन्त्री ओलीले योगदानमा आधारीत सामाजिक सुरक्षा अवधारणा सुरू गरिसकिएको पनि बताए।
समाजका कोही पनि सदस्य सुरक्षा नपाएर त्रसित भएर जीवनयापन गर्न नपरोस् भनेरै यस्ता कार्यक्रम लागू गरिएको प्रधानमन्त्रीको भनाइ छ। सरकार सुशासन र विकास अभियानमा अगाडि लम्किरहेको प्रधानमन्त्रीको भनाइ छ।
देश र जनताप्रति निष्ठा भएको सरकारले कसैलाई पनि एक्लो नछोड्ने र एक्लो महशुस गर्न नदिने प्रधानमन्त्री ओलीले बताएका छन्।