logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल आइपुगे भारतीय विदेश सचिव श्रृंगला


अंकुरण खबर
2.691K
Shares

दुई दिने नेपाल भ्रमणका लागि भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौं आइपुगेका छन्।

विदेश सचिव श्रृंगला इन्डियन एयर फोर्सको विमानबाट बिहीबार बिहान १०:४० मा त्रिभुवन विमानस्थलमा उत्रिएका हुन्। परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

श्रृंगलाले दुई दिन काठमाडौंमा रहँदा आफ्ना समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालसँग द्विपक्षीय वार्ता गर्ने छन्। उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम छ ।

उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवासहितका नेतासँग पनि भेट गर्नेछन् । उनी भ्रमण सकेर शुक्रबार स्वदेश फर्किनेछन् ।

नेपाल भारतबीच सीमा बिबादका कारण सम्बन्ध नै तिक्ततापूर्ण भएका बेला भएको भारतीय विदेशसचिवको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।