logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिशुलीमा जिप दुर्घटना अपडेट : दुईको मृत्यु, एक बालिका बेपत्ता


अंकुरण खबर
1.157K
Shares

प्युठानबाट बिरामी लिएर काठमाडौँ आउँदै गरेको जिप चितवनको इच्छामनकामना गाउँपालिकास्थित नाग्दी खोलानजिक त्रिशुलीमा खस्दा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। अर्का एक जना पौडिएर निस्किएका छन्।

लु १ च ९७३१ नम्बरको जिप बिहीबार बिहान मुग्लिनभन्दा करिब २ किलोमिटर वर त्रिशूलीमा खसेको थियो । दुर्घटनामा परी प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय चालक सूर्य केसी र ३३ वर्षीया जमुना रोकाको मृत्यु भएको छ। उनीहरुको शव त्रिशुलीबाट निकालिएको प्रहरीले जनाएको छ।

बालिका जिनिसा भने बेपत्ता छिन्। बेपत्ता भएकी बिरामी १५ वर्षीया जिनिसा रोक्काको खोजी कार्य भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार जिपमा चार जना सवार थिए। पत्थरीको अप्रेसन गरेकी १५ वर्षीया छोरी जिनिसामा इन्फेक्सन भएपछि थप उपचारका लागि उनका बाबु मुकुन्दबहादुर रोक्का र आमा जमुना काठमाडौँ आउँदै थिए।

मुकुन्दबहादुर पौडिएर निस्किएका छन्।  सामान्य घाइते भएका मुकुन्दको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।