logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु


अंकुरण खबर
988
Shares

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा अनुसार बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया महिलाको उपचारका क्रममा आज विहान मृत्यु भएको हो ।

कार्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएकी महिला २८ गते अस्पताल भर्ना भएकी थिइन्  । संक्रमित महिला मधुमेह र निमोनियाको दीर्घरोगी रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

उनको मृत्युसगै प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ११८ पुगेको छ ।