logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

म पहिले नै नेपाल आउन चाहेको थिएँ, कोरोनाका कारण सकिएन : सचिव श्रृंगला


अंकुरण खबर
1.378K
Shares

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले आफ्नो नेपाल भ्रमणले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुग्ने  बताएका छन्।

दुई दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका उनले यसअघि नेपाल आएपनि यसपटक विदेश सचिवको रुपमा पहिलो पटक नेपाल आउन पाउदा खुशी लागेको  बताए। उनले  नेपाल भारतको मित्रतालाई कसरी अगाडी बढाउने भन्ने बारे छलफल केन्द्रित हुने उनले बताए।

उनले परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीसँग दुई देशबीचको छलफल हुने बताएका हुन् । ‘भोलि नेपाल भारत मैत्री सम्बन्ध बारे भर्चुअल गफ हुनेछु,  उनले भने,’ म नेपालको गोरखा जिल्ला पुग्नेछु।  जहाँ भारतले ५० हजार घर बनाउने योजना अन्तर्गत ४० हजार घर निर्माण भइसकेको र त्यसको निरीक्षण गर्ने कार्यक्रम छ। यसको अलवा भारतको योजना नेपालको शिक्षा क्षेत्रको विकास पनि रहेको उनले बताए।

नेपाल आउने आफ्नो चाहना कोभिड-१९ को महामारीका कारण केहि पछि धकेलिए पनि अन्ततस् आफू नेपाल आइपुगेको उनले धारणा व्यक्त गरे।  नेपालमा आफूले महत्वपूर्ण छलफल गर्ने बताए। उक्त छलफलले नेपाल र भारतको सम्बन्ध थप मजबुत हुने  उनको विश्वास छ।

नेपाल–भारत दुवै देशले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादबीच रोकिएको कूटनीतिक वार्ता पुनः सुरु गर्न लागिएको हो। श्रृंगलाको भ्रमणमा सीमा विवादका बारेमा कुराकानी हुने अपेक्षा गरिएको छ। श्रृंगलाले आज नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ।

यस्तै, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेतासँग पनि विदेश सचिव श्रृंगलाले शिष्टाचार भेट गर्नेछन्। विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो।  उनी भोलि स्वदेश फर्किने छन्।