logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेडिसिटीमा उपचाररत शाक्यको संक्रमणबाट मृत्यु


अंकुरण खबर
1.261K
Shares

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को संक्रमणका कारण ७६ वर्षका उमेरमा निधन भएको छ ।

कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारत डा. शाक्यको बिहिबार बिहान ४ बजे निधन भएको हो ।

गत कात्तिक २० गते डा. शाक्य कोरोना संक्रमण पुष्टि भएपछि २५ गते ग्लोबल अस्पतालमा भर्ना भएका थिए । त्यहाँ स्वास्थ्यावस्था जटिल भएपछि थप उपचारका लागि उनलाई यही मङ्सिर ९ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

मधुमेह र उच्च रक्तचापका बिरामी डा. शाक्यलाई पछिल्लो समय मिर्गौलाको पनि जटिल समस्या देखिएको परिवार स्रोतले जनाएको छ । काठमाडौँको वटुटोल निवासी डा. शाक्यका श्रीमतीसहित तीन छोरा र एक छोरी छन् ।

डा. शाक्य तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका पालामा आयोगका उपाध्यक्ष भएका थिए । उनीतत्कालीन अर्थमन्त्री डा. रामशरण महतका पालामा अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारको भूमिकामा जिम्मेवारी वहन गरेका थिए ।

स्व डा. शाक्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले शाक्यलाई एक इमान्दार, कर्तव्यनिष्ठ, आर्थिक क्षेत्रका विज्ञका रूपमा स्मरण गरेका छन्।