logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरङमा थप दुईजना कोरोना संक्रमित वृद्धको मृत्यु


अंकुरण खबर
897
Shares

मोरङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको लेटाङ र रतुवामाईका संक्रमित दुई वृद्धको मृत्यु भएको हो ।

लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीबार बिहान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका ब्यवस्थापक नारायण दाहालका अनुसार कोरोना पोजिटिभ आएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो ।

श्वासप्रश्वास, खोकी लाग्ने तथा ज्वरोको समस्या देखिएका उनको भेन्टिलेटरमा राखेर उपचार गराउँदै गर्दा मृत्यु भएको दाहालले जानकारी दिए ।

यस्तै रतुवामाई नगरपालिका–८ का कोरोना संक्रमित ८० वर्षीय वृद्धको बुधबार राति होम आइसोलेसनमै मृत्यु भएको हो ।

कोरोना पुष्टि भए पनि आफ्नै घरमा बसिरहेका वृद्धको राति १० बजेतिर ज्यान गएको हो।

उनमा सामान्य रुघाखोकी लागेपछि वृद्धको पीसीआर परीक्षण गराउँदा मंसिर १ गते रिपोर्ट पोजिटिभ आएको थियो ।