logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि, १४३७ जना डिस्चार्ज


अंकुरण खबर
676
Shares

नेपालमा थप १६१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारमात्रै १४३७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै अहिलेसम्म २ लाख ९ हजार ४३५ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १४१२  पुगेको छ।