logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप २३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४ सय नाघ्यो


अंकुरण खबर
858
Shares

नेपालमा कोरोना संक्रमित मृतकको संख्या १४ सय नाघेको छ।

गत २४ घण्टामा २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज १ हजार ६ सय १४ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ।

गत २४ घण्टामा ९ हजार ४ सय ९१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख पुगेको छ। हाल ६ सय ८० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।