काठमाडौं उपत्यकामा थप ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार गरिएको परीक्षणमा काठमाडौंमा ६२० जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ११४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।
यस्तै, बिहीबार नेपालमा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।