logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कुल ९३ लाख बढीमा कोरोना संक्रमण, १ लाख ३५ हजार बढीको मृत्यु


अंकुरण खबर
858
Shares

भारतमा एकैदिन ४२ हजार ५४ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ८ हजार ७ सय ७१ पुगेको छ । त्यस्तै भारतमा कोरोनाबाट एकैदिन ४ सय ७३ जना संक्रमितको मृत्यु भएको छ । यसरी भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३५ हजार ७ सय ३४ पुगेको छ ।

भारतमा ८७ लाख १६ हजार ५ सय ६६ जना संक्रमित उपचारपछि निको भएका छन् भने ४ लाख ५६ हजार४ सय ५१ जना उपचाररत छन् ।