शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
शुक्रबार (आज) छापावाला सुनको मुल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३ सयमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बिहिबार छापावाला सुन तोलाको ९१ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ८ सयमा कायम भएको छ ।
शुक्रबार चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ६५ रुपैँयामा कारोबार भइरहेको छ ।