logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

हल्का वर्षाको सम्भावना, शनिबारबाट मौसममा सुधार


अंकुरण खबर
1.235K
Shares

शुक्रबार बिहानदेखि काठमाडौं उपत्यका आपसाका क्षेत्र बदली भई पानी पानी पर्ने संकेत देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले केही दिनयता मौसम प्रभावित भएको हो । शुक्रबार रातिदेखि पश्चिमी वायुको प्रभाव क्रमशः हट्दै जाने र शनिबारबाट देशभर मौसम सफा हुने महाशाखाले जानकारी दिएको छ ।

मौसम सफा भएपछि चिसो बढ्ने महाशाखाले जनाएको छ । अहिले देशका प्रदेश नं १ र २, वाग्मती र गण्डकीका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र २, बाग्मती र गण्डकी प्रदेशमा अधिकांश क्षेत्रमा सामान्य बदली भई पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना समेत छ ।