चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुरस्थित चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका–१७ का ५१ वर्षीय पुरूषको बिहीबार राति ८:२७ बजे मृत्यु भएको हो ।
श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार राति उपचारका लागि ल्याइए पनि मेडिकल कलेज आइपुग्नु पूर्व नै उनको मृत्यु भइसकेको पाइएको मेडिकल कलेजका निर्देशक प्रा. डा.दयाराम लम्सालले बताए ।
डा. लम्सालका अनुसार उनीमा मंसिर १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।