logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ


अंकुरण खबर
819
Shares

आफ्नै १३ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३९ वर्षीय पुरुषलाई मंगलवार प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै छोरीलाई विगत केही वर्ष अगाडिदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएको र मंसिर ६ गते एउटा होटलमा लगेर जवरजस्ती अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।

उनी विरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।