काठमाडौं उपत्यकामा थप ८२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५९९ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा १६० जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, शुक्रबार नेपालमा थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।