logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर १० हजार ९ सय ४४ जना संक्रमित होम आइसोलेसनमा


अंकुरण खबर
1.313K
Shares

देशभर १० हजार ९ सय भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

शुक्रबार १७ हजार २ सय ३६ जना संक्रिय संक्रमित मध्य १० हजार ९ सय ४४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ९ सय ३९ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  १४३४, प्रदेश २ मा ३२२, लुम्बिनी प्रदेशमा ३२४, सुदूरपश्चिम प्रदेशमा २५९, गण्डकी प्रदेशमा ५८२ र कर्णाली प्रदेशमा ८४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।