logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.339K
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । लामिछानेले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुनुअघि गरिएको परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो । रिपोर्ट पोजिटिभ आएपछि उनी होम आइसोलसनमै बसेका छन् ।

बिहीबारदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु हुँदैछ । यसअघि गत मंगलबाट १६ खेलाडीको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र ब्याट्सम्यान रोहितकुमार पौडेलको रिपोर्ट पोजेटिभ आएको थियो ।