logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु


अंकुरण खबर
1.391K
Shares

जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चार जनाको मृत्यु भएको छ।

आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए।

दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते रहेको उनले बताएका छन्। जीप चालक फरार रहेको प्रहरीले जनाएको छ। यो सडकखण्डमा थोत्रा गाडी सञ्चालनमा छन् । रासस