logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा सचिवालय बैठक : ओली र प्रचण्डबीच तिक्तता अझ बढे संभावना


अंकुरण खबर
3.679K
Shares

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच तिक्तता अझ बढेको छ ।

शनिवारको सचिवालय बैठकमा ओलीले प्रचण्डले पार्टीको नीति निमयको प्रवाह नगरी मनलाग्दी अगाडी बढेको भन्दै खरो रुपमा आलोचना गरेको सहभागी नेताले जनाएका छन् ।

त्यस्तै प्रचण्डले ओलीलाई आफ्नो कमजोरी महसुस गर्नुको सट्टा थप दम्भयुक्त भाषा प्रयोग गरेर प्रस्ताव ल्याएको भन्दै ओलीको आलोचना गरेका थिए ।

प्रचण्डले ओलीले माघको केन्द्रिय कमिटी बैठक पछि पार्टीलाई थप जटील र कमोनानी ढंगले अगाडी बढाउदै लगेको आरोप लगाएका थिए । उनले भने अध्यादेश, सांसद अपहरण, नेताहरूलाई आफ्नो खोपीमा बोलाएर पद बाँड्ने काम त तपाईंबाट भएकै हो । संसदमा तपाईले दिएका अभिव्यक्तिहरू कहिल्यै दोहोर्याएर सुन्नुभएको छ ?

बैठकमा पार्टीभित्र विवाद वढ्नुमा ओलीले प्रचण्ड र प्रचण्डले ओली भएको आरोप गाएका थिए । बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल लगायत र उपाध्यक्ष वामदेव गौतमले पनि ओलीलाई दम्भ र अहंकार त्याग्न सुझाव दिएका थिए ।

आजको बैठकमा ओलीले आफ्ना तर्फबाट लेखिएको प्रस्ताव सचिवालय सदस्यहरूलाई दिएका थिए ।

अर्को सचिवालय बैठक यही १६ गते बस्ने तय भएको छ । अब सबै प्रस्ताव १६ गते बस्ने बैठकमा छलफल हुने छ ।