logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित २२ वर्षीया युवतीको धरानमा मृत्यु


अंकुरण खबर
1.482K
Shares

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित युवतीको मृत्यु भएको छ ।

महोत्तरीको बर्दिबास–२ निवासी २२ वर्षीया युवतीको आज बिहान २ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

जनकपुरस्थित जनकपुर सिटी अस्पतालले सुत्केरी भएपछि उच्च रक्तचाप र पिसाबमा उच्च प्रोटिन देखिएपछि उनलाई प्रतिष्ठानमा रिफर गरेको थियो ।

गत मंसिर २ गते उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सो दिन प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएको थियो ।