logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देशका धेरै ठाउँको मौसम सफा, हिमपातको सम्भावना छैन


अंकुरण खबर
1.04K
Shares

आज देशका धेरै ठाउँको मौसम सफा रहने छ । आज देशभर केही ठाउँबाहेक धेरै ठाउँमा घाम लागेको छ ।

आज देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा आंशिक बद्लीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहने छ ।

आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान ५ डिग्री सेल्सियस मापन गरिएकोमा फेरि दिउँसो घटेर ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको थियो । बादल नलागेकाले चिसो बढ्न थालेको छ ।

चिसो अझै बढ्ने महाशाखाका मौसमविद् वरुण पौडेलले बताए । राति भने देशभरको मौसम सामान्यतया सफा नै रहनेछ । भोलि पर्सिको मौसम पनि यस्तै रहने महाशाखाले जनाएको छ । देशमा अहिले कुनै पनि प्रणाली नभएकाले पानी पर्ने वा हिमपातको सम्भावना छैन ।