logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षकमा मनोज कटवाल


अंकुरण खबर
1.027K
Shares

नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वराष्ट्रिय क्रिकेट खेलाडी मनोज कटवाललाई राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त गरेको छ ।

क्यानले आइतबार कटवाललाई सहायक प्रशिक्षका नियुक्त गरेको जनकारी गराउँदै उनी आजैबाट बन्द प्रशिक्षण जोडिने जानकारी क्यानले दिएको छ । कटवालले यसअघि पनि सहायक प्रशिक्षको रुपमा राष्ट्रिय टिममा काम गरिसकेका छन् ।

जगत टमटाको नेतृत्वमा बिहीबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बन्द राष्ट्रिय टिमको प्रशिक्षण भइरहेको छ ।

मङ्गलबार गरिएको पिसिआर परीक्षणमा कोराना संक्रमण देखिएका कप्तान  ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी र युवा ब्याट्म्यान रोहितकुमार पौडेल पनि आजबाट बन्द प्रशिक्षणमा जोडिने क्यानले जानकारी दिएको छ । शुक्रबार गरिएको परिक्षणमा उनीहरुको नतिजा नेगेटिभ आएको थियो ।