logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१३ औं सागको खर्च १ अर्ब ३१ करोड


अंकुरण खबर
767
Shares

राष्ट्रिय खेलकुल परिषद् (राखेप)ले १३ औं दक्षिण एसियाली खेलकुद (साग)को हिसाव सार्वजनिक गरेको छ।

आज (आइतबार)त्रिपुरेश्वरस्थित राखेपको हलमा पत्रकार सम्मेलन गरेर राखेपले १३ औं सागमा १ अर्ब ३१ करोड, ७८ लाख रुपैयाँ रकम खर्च भएको विवरण सार्वजनिक गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी परेपछि राखेप सदस्य सचिव रमेश सिलवालले सागको हिसाव सार्वजनिक गरेका हुन्।

सरकारले साग सम्पन्न गर्नका लागि ३ अर्ब ६५ करोड छुट्याएको थियो। सरकारले दिएको सबै रकम खर्च नभएको र बाँकी रकम फिर्ता गरिएको सिलवालले बताए।

‘नेपाल सरकारबाट स्वीकृत बजेटभन्दा कम रकममा खेलकुद सम्पन्न गरी मितव्ययितापूर्वक पारदर्शी ढंगले खेल सम्पन्न गर्नु यस साग गेम्सको विशेषता रहेको छ,’ पत्रकार सम्मेलनमा सिलवालले भने।

यस्तो छ सागको खर्च विवरण: