logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालको लागि गौरवको कुरा : न्यू योर्कको पाठ्यक्रममै सच्चाइयो वुद्ध जन्मस्थल भारत हैन, नेपाल हो


अंकुरण खबर
4.849K
Shares

नेपाल यस्तो देश हो, जहाँ विश्वलाइ नै शान्ति, सद्भाव, अहिंसाका मार्गदर्शक वृद्धत्व प्राप्त गौतम वुद्धको जन्म भयो । वुद्ध धर्मका प्रवर्दक, मेलमिलाप, अहिंसाका धरोहर गौतम वुद्धको जन्मस्थल भएका कारण नेपाल विश्व सामु चिनिएको छ । वुद्धको जन्म नेपालमा भएको शास्वत सत्य जस्तै यथेष्ट प्रमाण हुँदाहुँदै पनि छिमेकी राष्ट्र भारतले अन्तर्राष्ट्रिय स्तरमा वुद्धको जन्मस्थल नेपाल की भारत ? भन्ने केही जबरजस्त भ्रम सृजना गराएको छ । जसको जलवन्त उदाहरण संयुक्त राज्य अमेरिका लगाएतका केही देशको पाठ्यक्रममै वुद्धको जन्म भारतमा भएको उल्लेख गरिएको छ ।

संयुक्त राज्य अमेरिका, न्यू योर्क राज्यको शिक्षा विभाग अन्तर्गत कक्षा ६ र ९ को सामाजिक शिक्षा र कला तथा प्रविधि विषय त्यस्तै कक्षा ११ र १२ को विश्वव्यापी इतिहास विषयमा भगवान गौतम बुद्ध भारतमा जन्मिएको “Gautama Buddha was born in India” भनि गलत अध्यापन, अध्ययन गर्दै आइएको थियो । यद्यपी विगत एक दशकदेखि अमेरिकाको न्यू योर्कमा बसोबास गर्दै आएका समाजसेवी तथा क्वीन्स कम्यूनिटी वोर्ड ५ का सदस्य ज्ञानल थापाको पहलमा न्यू योर्क सहर शिक्षा विभागले वुद्धको जन्म नेपालमा भएको “Siddhartha Gautama, who became the Buddha, was born in Lumbini in present-day Nepal, located in South Asia”भनी पाठ्यक्रममै त्रुटि सच्याउने निर्णय गरेको छ ।

यो निर्णय अमेरिकाको सम्पूर्ण राज्यहरुमा कार्यन्वयनको प्रक्रियामा रहेको थापाले जानकारी दिए । यो कार्यमा सहयोग गर्ने सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिदै आगामी दिनमा पनि नेपाल र नेपालीको हितको लागि नियमसंगत कार्य गर्न कुनै कसर बाकी नराख्ने थापाले बताए ।

शैक्षिक क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा यस्तो ठुलो त्रुटी हुँदा नेपालको स्वाधीनतामै आँच पुग्ने भएकाले नेपाल सरकारको अग्रसरता सबै देशमा यस्तो त्रुटी सच्चिाउनु पर्ने कुटनीतिज्ञहरुको भनाई छ । केही व्यक्तिको निरन्तरको पहल र अग्रसरतामा भए पनि त्रुटी सच्चिनु राष्ट्रकै लागि गौरबको कुरा भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताए ।

विविद कारणले अमेरिकामा बस्दै आएका नेपालको राष्ट्रीय स्वाभिमान, स्वाधीनता, पहिचान, दिगो विकास र संवृद्धिको लागि आफु र आफुजस्तै प्रवासीको मन सधै नेपालको चिन्तनमा वित्ने गरेको थापाले बताए ।

त्यस्तै थापाकै पहलमा अमेरिकाको न्यू योर्क मेयर कार्यालयबाट प्रकाशन तथा प्रशारण हुने सूचना तथा जानकारीहरु नेपाली भाषामा पनि निकालिने भएको छ । ८ वटा अन्तर्राष्ट्रिय भाषामा प्रकाशन तथा प्रशारण गरिने सूचना तथा जानकारीहरु हाल नेपाली भाषा पनि थप गरि २२ नोभेम्बर २०२० देखि ९ ओटा अन्तर्राष्ट्रिय भाषामा निकालिएको छ ।