logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण


अंकुरण खबर
1.209K
Shares

बाग्लुङको गल्कोटबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ ।

कैलाश हेलिकप्टर सर्भिसेजको उक्त हेलिकप्टर नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ६ झिल्टुङमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

चालको सावधानीका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ । हेलिकप्टरमा सवार सबैको अवस्था सामान्य छ । कैलाश हेलिकप्‍टर सर्भिसेजका अपरेसन चिफ श्रीहरि कुइँकेलका अनुसार हेलिकप्टरका क्याप्टेनसहित ६ जना सवार थिए ।

घटनास्थलमा प्रहरी टोली पुग्दैछ । ​हेलिकप्टरको अगाडिको शिशा फुटेको छ ।