logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नक्कली नोटसहित २४ वर्षीय युवक पक्राउ


अंकुरण खबर
780
Shares

नक्कली नोटसहित एक पुरुष पक्राउ परेका छन् ।

भिमदत्त नगरपालिका १८ बस्ने २४ वर्षीय दिपक नाथलाई १ हजार दरको ३ वटा नक्कली जस्तो देखिने नोट सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

दिपकले भिमदत्त नगरपालिका ४ स्थित एक पसलबाट सामान किनी पैसा दिने क्रममा नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।