नेपालमा थप १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर १ हजार ४ सय ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ४०४ छ ।
हाल देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित छन् भने ६३२ जना क्वारेन्टाइनमा रहेका छन् । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।