पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा २ लाख १२ हजार ५ सय ९० जना संक्रमित उपचारपछि निको भएका छन् ।
मन्त्रालयका अनुसार ९१ दशमलब ९ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन् ।