नेपालमा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज एकै दिन थप १ हजार २ सय ५५ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।
गत २४ घण्टामा ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख २७ हजार ८ सय ३६ पुगेको छ। हाल ६ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।