logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन स्वीकार्य छैन : सरकार


अंकुरण खबर
1.183K
Shares

सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० अस्वीकार गर्ने भएको छ ।

प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले सो प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र आधारहीन तथ्यका आधारमा तयार पारिएकोले अस्वीकार गर्ने जनाएका छन् ।

प्रवक्ता गुरुङले सन् २०१८ को ट्रान्सपेरन्सीकै प्रतिवेदनले नेपाल १२४ औं स्थानमा रहेका देखाएको र अर्को वर्ष ११ स्थान माथि उक्लँदै ११३ औँ स्थानमा रहेका देखाएको बताए ।

उनले सरकार भ्रष्टाचार निवारणमा सरकार लागिरहेको भन्दै एक वर्षमै नेपालमा यति धेरै भ्रष्टाचार भयो भन्ने कुरा आफैँमा विवादित भएको बताए ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० मा नेपालमा प्रधानमन्त्री नै भ्रष्टाचारका आरोपी सहकर्मीहरुको प्रतिरक्षामा उत्रिएको उल्लेख गरिएको छ ।